भदौ २१ काठमाडौ – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध नाबालिगलाई बलात्कार गरेको उजुरी परेको छ।

कप्तान लामिछाने विरुद्द एक १५ वर्षीया नाबालिक माथि बलात्कार गरेको आराेपमा मंगलबार किटानी जाहेरी परेकाे जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्या विरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबी गएकाे अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको नाबालिकले दिएको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बाेहराले बताए।

बाेहराका अनुसार उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र अनुसन्धान सुरु भएकाले अहिले उजुरी मात्रै परेकाे र उनिहरु बिच स्न्याप च्याटमार्फत चिनजान भएपछि भेट्न बोलाएर भदौ ५ बेलुका नगरकोट घुमाउन लगेर जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख छ।

स्याङ्जाको आरुचौर-तालपोखरीमा स्थायी घर भएका लामिछाने विश्वभर आयोजना हुने प्रमुख ट्वान्टी२० खेल प्रतियोगिताहरूमा खेल्दै आएका छन।

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा २०७८ मंसिर २८ गते नियुक्त गरेको थियाे।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार