भादौ १९ रोल्पा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली कांग्रेस रोल्पाले उम्मेदवार सिफारिस गरेको छ ।
जस अनुसार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व राज्य मन्त्री समेत रहेका अमरसिंह पुन दुई तिरबाट सिफारिस भएका छन। सभापति पुन प्रतिनिधि सभाको प्रत्यक्षबाट र प्रदेश सभा (ख) को प्रत्यक्षतर्फ सिफारिस भएका हुन। प्रदेश सभा (ख)बाट प्रत्यक्षबाट पुन एकल सिफारिस भएका छन।
राेल्पामा प्रतिनिधि सभाको १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ प्रदेश सभापति पुन सहित टेकबहादुर बस्नेत र शंकबहादुर छन्त्यालको नाम सिफारिस भएकाे छ।
त्यसैगरि समानुपातिक तर्फ नेपाली कांग्रेस राेल्पाका संस्थापक सभापति सुरेन्द्र हमाल र भीमकुमारी बुढामगर सिफारिस भएका छन ।
प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नंं क मा मानबहादुर खत्री, मनोजमणि आचार्य, दुर्गाबहादुर खडका, चन्द्रप्रकाश आचार्य, भीमकला बुढाथोकी, पुष्पा श्रेष्ठ र नुर्जबहादुर खड्का छन भने समानुपातिक तर्फ माधवप्रसाद आचार्य, मानबहादुर खत्री, श्रीकुमारी रोकामगर, देवा आचार्य, महेन्द्र पुनमगर, हुमादेवी भण्डारी, तीजा विष्ट, सीमबहादुर विष्ट, इन्द्रबहादुर खत्री, मनिकला रानामगर र लालकुमारी पुनमगर सिफारिस भएका हुन। यद्यपि आकाङ्क्षी धेरै भएपछि यी नामावली मध्येमा अन्तिम निर्णय भने भएको छैन।
प्रदेश सभा (ख) बाट समानुपातिक तर्फ गोपाल घर्तीमगर र रती कामीको नाम सिफारिस भएको र प्रतिनिधि सभा र प्रदेश सभा (ख) को भने निर्णय सहित सिफारिस भइसकेको कांग्रेस राेल्पाले जनाएको छ। ।