भदौ १८ स्याङ्जा – श्रीमतीको हत्या गरेको आराेपमा श्रीमान पक्राउ परेका छन।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका -८ का गाेपाल दमै रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

गाेपालले आफ्नै श्रीमती ४२ वर्षिय मञ्जु दमैलाई भदौ १४ गते कुटपिट गरि घाइते बनाएपछि उपचारको क्रममा स्याङ्जा अस्पताल स्याङ्जामा १५ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।

आराेपित गाेपाललाई १६ गते पाेखराबाट पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार