भदौ १८ रोल्पा – गाेरु काट्दै गरेका १४ जना पक्राउ परेका छन।

रुन्टिगढि गाउँपालिकाको वडा न. -५ स्थित बाइजा तल्लाे गाउँमा शुक्रबार बेलुका करिब साढे ५ बजेतिर ८ जना महिला र ६ जना पुरुष गरि १४ जनालाई रंगेहात फेला पारेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिका -५ बाइजाका ५९ वर्षिय जुद्द बहादुर थापा, साेहि ठाउँका ४५ वर्षिय राम बहादुर थापा, ५३ वर्षिय दिलबहादुर पुन, ३९ वर्षिय दसज कुमारी बुढा, ३९ वर्षिय वीरमति बुढा, ४७ वर्षिय रामसरि बुढा, २४ वर्षिय अर्जुन बुढा, २२ वर्षिय भुपेन्द्र थापा, ४३ वर्षिय टेकलाल बुढा, ४३ वर्षिय दिलकुमारी बुढा, ५७ वर्षिय सुन्तली बुढा, ४१ वर्षिय श्यामकुमारी बुढा, ५७ वर्षिय ज्याेति बुढा र ५० वर्षिय चित्रामति बुढा रहेका छन।

गाेरु काट्दै गरेको भन्ने खबर पाएलगत्तै प्रहरी चौकि धौलाबाङबाट सहायक प्रहरी निरीक्षक अमर थापाकाे कमान्डमा घटनास्थलमा पुगेको प्रहरी टाेलिले पक्राउ परेका जुद्दबहादुरकाे उनकाे घर नजिकैको मकै बारीमा काटिरहेकाे अवस्थामै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

उनिहरुबाट गाेरु काटन प्रयाेग भएका हसिया, खुकुरी, बन्चराे लगाएतका हतियार सहित मासु पनि बरामद गरिएको र पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय होलेरीमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताए।

त्यसैगरी राेल्पाकै लुग्री गाउँपालिका वडा नं. -१ पाङमा छिमेकीको बारीमा बाँधेको भैसीकाे पाडो काटेको भन्दै एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा साेहि ठाउँ बस्ने जुकविर बिक रहेका छन। जुकविरले छिमेकी पुर्णलाल बिकले पालेकाे भैसीकाे पाडाे शुक्रबार राति काटेर केही मासु घरमा ल्याएकाे अवस्थामा पक्राउ गरेकाे प्रहरी निरीक्षक भुसालले बताए।

स्थानीयका अनुसार उनले दैनिक अत्यधिक मदिरा सेवन गरि परिवार समेतलाई हैरानी दिने गरेकाे र मदिराकाे नसामै उक्त घटना घटाएकाे खुलेकाे छ। पक्राउ परेका जुकविरलाई प्रहरी चौकी सिर्पले पक्राउ गरेपछि ईलाका प्रहरी कार्यालय सुलिचौरमा लिएर पाडावालाई क्षतिपूर्ति दिने सहमतिमा छाेडिएकाे प्रहरी निरीक्षक भुसालले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार