भदौ १७ क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक जेल चलान भएको एक हप्तामै उनकि श्रीमती ७० वर्षिय रोसमाह मन्सुर माथि पनि जेल सजाय र जरिवानाको फैसला सुनाइएकाे छ।

मलेसियाको उच्च अदालतका न्यायाधीश जैनी मजलानकाे एकल इजलासले १ अर्ब २५ कराेड मलेसियन रिंगेट आर्थिक अनियमितताको आरोपमा बिहीबार मन्सुरलाई दोषी ठहर गर्दै उनीमाथि मलेसियाली भ्रष्टाचार विरोधी आयोग (MACC) ऐनको धारा १६(क) अन्तर्गत दाेषि ठहर गरि १० वर्षसम्म कैद र कम्तीमा पाँच गुणा जरिवाना हुने फैसला सुनाएकाे हाे।

मन्सुरले २०१८ नाेभेम्बरमा मलेसिया स्थित सारावाकमा रहेका ३६९ ग्रामीण विद्यालयहरूमा सौर्य हाइब्रिड ऊर्जा आपूर्ति गर्न १ कराेड ८७ लाख बढि रकम माग गरि १५ लाख समेत आफैले हिनामिना गरेकाे पनि आराेप छ। सन् २०१८ मा प्रहरीले छापा मार्दा १.६ मिलियन डलर बराबरको सुन, हिराको हार, ताज र व्याग फेला पारेको र स्राेत नखुलेको सम्पत्ति सहित कर छलेको लगायत १७ अभियोगको अझै अदालतमा फैसला हुन बाँकी रहेकाे मलेसिया स्थितका विभिन्न सञ्चार माध्यमले लेखेका छन।

मन्सुरका पक्षबाट वकिल दतुक जगजीत सिंहकाे टाेलिले वकालत गर्दै आएका थिए। मन्सुरका श्रीमान पुर्व प्रधानमन्त्री राजाकलाई १२ वर्षसम्म जेल सजाय भएको केही दिनपछि नै अदालतले यस्तो फैसला गरेको हो।

मन्सुरका श्रीमान पुर्व प्रधानमन्त्री ६९ वर्षीय रजकलाई गत ७ गते ४ कराेड भ्रष्टाचार गरेकाे आराेपमा १२ वर्ष जेल सजाय तोकिएको थियाे।

सन् २००८ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री रहेका रजकलाई मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेपछि नजिबलाई जेल सजाय ताेकेकाे हाे। सन् २०२० को जुलाईमा दोषी ठहर भएका रजाक पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए। उनीमाथिको दण्ड ढिलाई गर्न गरेको उनकाे अनुरोधलाई अदालतले अस्वीकार गरेकाे हाे। करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख )डलर भ्रष्टाचार गरेको अभियोग रजकमाथि छ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार