भदौ १६ रोल्पा – पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिरहेकाे डेङगु र स्क्रिव टाइफस राेल्पा पनि देखिएको छ।
बिहीबार एक २४ वर्षीया महिलामा डेङ्गु ज्वरो र १८ बर्षिय महिलामा स्क्रिव टाइफस ज्वरोकाे लक्षण देखिएका दुई महिला फेला परेकाे जिल्ला अस्पताल राेल्पाले जनाएको छ।
१४ हप्ताकि गर्भवती समेत रहेकि स्क्रिव टाइफस ज्वरो देखिएकि महिलालाई एक हप्ता अघिबाट लगातार ज्वरो आएपछि तीन दिन अगाडि जिल्ला अस्पतालमा आएपछि भर्ना गरि उपचार गर्दै आएकोमा बिहीबार स्क्रिव टाइफस ज्वरोकाे जाँच गर्ने कीट स्वास्थ्य कार्यालयबाट आएपछि उनिलाई परिक्षण गर्दा लक्षण देखा परेकाे जिल्ला अस्पताल रेउघाका मेडिकल अधिकृत डाक्टर आधार वलीले बताए।
उनलाई भर्ना गरेर उपचार गरेको र पहिले भन्दा सुधार उन्मुख भएपछि अवस्था सामान्य रहेकाे छ भने एक्स-रे मार्फत पेटकाे बच्चाको चेकजाँच गर्दा बच्चा पनि सामान्य अवस्थामै रहेकाे डाक्टर ओलीले जनसहारासंग बताए।
अब कीट जिल्ला अस्पताललाई उपलब्ध भएकाे हुदा दैनिक परिक्षण गरिने र जथाभावी रुपमा औषधिको प्रयोग गर्दा स्वास्थ्य अबस्था झनै जटिल बन्ने सम्भावना हुदा परिक्षण गरेर मात्रै औषधिको प्रयोग गर्न समेत सबैमा डाक्टर ओलीले सबैलाई आग्रहमा गरेका छन।