भदौ १३ जाजरकोट – चाड पर्व नजिकिए संगै जाजरकोटमा बजार अनुगमन तिव्र पार्न थालिएको छ।

साेमबार जिल्लाकाे प्रमुख व्यापारीक केन्द्र सदरमुकाम खलंगामा बजार अनुगमन गरि फेला परेका अखाद्य वस्तु नष्ट गरि सझाव सहित निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

बजार अनुगमनको क्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका संयोजक तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, अनुगमन विभाग कार्यालय नेपालगंजका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलको संयोजकत्व तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहितकाे टोलीले अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

उक्त बजार अनुगमनको क्रममा भेरी नगरपालिका वडा नं. ४ खलंगा स्थित मल्ल बद्रर्स एण्ड सप्लायर्समा कम्प्युटर काँटा दर्ता नभएको, मुल्य सुचि नभएको, हमाल सप्लायर्समा मुल्य सुचि नभएको, न्यु पवन ईन्टर प्राईजेजमा म्याद सकिएका १० पोका सुपर पावर सुर्ति फेला परेको र डाईमण्ड व्युटि पार्लरमा म्याद सकिएका ४ पिस fair and Handsome फेला परेपछि उक्त म्याद सकिएका सामानहरु स्थानीय जनप्रतिनिधि,उद्योग बाणिज्य संघका प्रतिनिधी, बुद्धिजिवी,पत्रकार लगायत अन्य स्थानीय बासिन्दाहरुको रोहवरमा बोहरा गाउँमा नष्ट गरि दर्ता नभएका कम्प्युटर काँटा र मुल्य सुचि बनाउन निर्देशन समेत दिईएको प्रहरी निरीक्षक पन्तले बताए।

विभिन्न चाडपर्व नजिकिए संगै दैनिक उपभाेग्य वस्तुमा हुन सक्ने कालाेबजारी र गुणस्तरहिन वस्तु विक्रि वितरण नियन्त्रण गर्नका लागि बजार अनुगमनलाई तिव्रता साथ लिने र विभिन्न समयमा जिल्ला स्थित अन्य बजारमा पनि अनुगमन गरिने प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार