भदौ १३ माेरङ – प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ परेका छन।
गत शुक्रबार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-८ घर भई बिराटनगर-१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु फेला परे संगै गिराेह नै पक्राउ परेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
अन्य पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर-१५ का २४ बर्षीय बरुण साह, बिराटनगर-३ का ३० बर्षीय आशिस हमाल, बिराटगर-१३ का ३० बर्षीय सुलभ रिजाल र धरान-२० का २३ बर्षीय रोशन लिम्वु समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए।
पक्राउ परेका उनीहरुलाई मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक राईले बताए।