भदौ १३ काठमाडौं – दुबई पठाइदिन्छु भन्दै नगद ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा नवपलरासी(पश्चिम) प्रतापपुर गाउँपालिका-२ गोपिगञ्ज घर भई काठमाडौं गोंगबु बस्ने ५४  वर्षीय भोज बहादुर चौधरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ।

दुबई पुगेपछि आर्मस गार्डमा नगद १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट ३८ लाख रुपैयाँ लिई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सामाखुशीबाट पक्राउ गरेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले बताए।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरी नायव उपरीक्षक लामाले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार