भदौ १२ दाङ – आफू मुद्दा शाखाकाे कर्मचारी भएकाे र थुनुवा छुटाई दिने भनी रकम असुल्ने एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा तुलसीपुर उप-महानगरपालिका -१४ गोठुवा बस्ने २० वर्षिय प्रतिक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
आराेपित प्रतीक स्वयंम २०७२।०४।१७ गते सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धामा पक्राउमा जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेकाेमा यहि भदौ ८ गते हिरासत मुक्त भएपछि पहिला प्रतीकसंग हिरासतमा रहेका घोराही उप-महानगरपालिका वडा नं. १० नारायणपुर बजार का अजित पुनमगर सहित ३ जना व्यक्तिहरु संग चिनजान भएको आधारमा उनिहरुकाे आमाबुवालाई फाेन मार्फत सम्पर्क गरि तिनै जनालाई थुना मुक्त गरिदिने भन्दै ठगी गरेकाे खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन गौतमले बताए।
प्रतिकले झुठ्ठा आश्वासन दिई हिरासतमै रहेका अजित पुनमगरको आमाबाट रु.५०,०००/- (पचास हजार) रुपैया मागी फरार भएपछि प्रहरीले खबर पाए लगत्तै खोजतलास गर्दै जाने क्रममा प्युठानकाे प्युठान नगरपालिका -७ बिजुवार बजारमा लुकी छिपी बसेको भनी खुल्न आएपछी ईलाका प्रहरी कार्यालय बिजुवार प्युठानको प्रहरीसंग समन्वय गरी शनिबार पक्राउ गरि दाङ झिकाइएको प्रहरी नायव उपरीक्षक गौतमले बताए।
प्रहरी समक्ष प्रतिकले उक्त कार्य गरेको स्वीकार गरेकोले उनी विरुद्ध ठगी शिर्षकमा मुद्धा दर्ता गरि हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।