भदौ ११ सुर्खेत – यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका मेकानिकल इञ्जिनियर सहित एक जना बिचौलियालाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले पक्राउ गरेको छ।
शुक्रबार आयोगको कार्यालय सुर्खेतको टोलीले यातायात कार्यालयमा कार्यरत मेकानिकल इञ्जिनियर दीपक बम र बिचौलिया नीरकबहादुर शाहीलाई पक्राउ गरेको आयोगले जनाएको छ।
सवारी नवीकरण, जाँचपास, रूटपरिमट नवीकरण जस्ता कार्यमा घुस मागेको भन्ने निवेदनका आधारमा अख्तियारबाट खटिएर गएको टोलीले घुस रकम ३००० सहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।