भदौ ८ काठमाडौं – अरुकाे सामाजिक सञ्जाल फेसबुक ह्‍याक गरी साथी त्यसमा सम्बध आफन्त तथा सहकर्मीलाई विभिन्न बहाना बनाई रकम माग गरि ठगी प्रयास गर्ने एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठकलाई मंगलबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ।

पीडितको साथी, आफन्त तथा सहकर्मीलाई विभिन्न डिजिटल पेमेन्ट गेट-वे मार्फत रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरी मोरङ पथरी शनिश्चरे नगरपालिका-१० मंगलबारेबाट  पक्राउ गरेको व्युराेका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायले बताए।

पक्राउ परेका विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान गरिहेको प्रहरी उपरीक्षक रायले बताए।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार