भदौ ८ सुनसरी – श्रीमतीको हत्या गरी फरार ब्यक्ति ४ बर्ष पछी पक्राउ परेका
सुनसरीको ईनरुवा नगरपालिका-४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ बर्षीय बिनोद कुमार खत्वेलाई पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
२०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको हो । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए।