भदौ ५ जाजरकोट – वेश्यावृती लगाउने कार्य गरेकाे अभियाेगमा होटेल साहु पक्राउ परेका छन।

पक्राउ पर्नेमा बाँके डुडवा गाउँपालिका वडा नं.-१ घर भई हाल जाजरकोट भेरी नगरपालिका वडा नं.-३ ठाँटी स्थित न्यु थकाली होटल एण्ड लज संचालन गरी बस्ने ओमकार लोहनिया रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

लाेहनियाले आफ्नो होटल कोठामा महिलाहरुलाई बोलाई वेश्यावृती गराई रहेको गोप्य सूचनाकाे आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टाेलिले उक्त हाेटलकाे कोठामा पीडित दुई जना महिलाहरु फेला पारी उद्दार गरी लोहनियालाई पक्राउ गरिएकाे र उद्वारपछि ती महिलाहरुलाई परिवारकाे जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले जनसहारालाई बताए।

पक्राउ परेका लाेहनिया विरुद्ध  आइतबार जिल्ला अदालत जाजरकोटबाट मानव बेचबिखन सम्बन्धि कसुरमा पाँच दिनको म्याद थप लिई अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार