भदौ ४ काठमाडौं – उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिकाे स्वास्थ्य अवस्था बुझन राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्।

भारतबाट घाँटीमा क्यान्सरको सफल उपचार गरि फर्किएका गिरिलाई निमाेनिया देखिएपछि केही समय यता अस्पताल भर्ना भइ उपचार गराइरहेका छन। राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेर गिरिकाे उपचारमा खटिएका चिकित्सकहरूसँग भेट गरी गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिई शीघ्र स्वास्थ्य लाभको कामना गरेकाे राष्ट्रपतिकाे सचिवालयले जनाएको छ ।

शुक्रबार नेता गिरीको स्वास्थ्य गम्भीर बनेपछि भेन्टिलेटरबाट निकालेको खबर बाहिरएपछि कांग्रेसका शिर्ष नेताहरु अस्पताल पुगेका थिए तर बाहिर आए जस्तो अवस्था नभएको अस्पतालले जनाएको थियो। शनिबार आजै माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल पनि अस्पताल पुगेर गिरिकाे स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार