भदौ २ सुर्खेत – कक्षा ११ मा भर्ना लिदा अदालतकाे आदेश विपरीत शुल्क लिएको भन्दै एक विद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नियन्त्रणमा लिएको छ।
बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना माध्यमिक विद्यालयले गत साउन २६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण बिद्यार्थीहरुबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको मिति २०७८।०८।०१ को परमादेश र मिति २०७८।०२।२३ को अन्तरिम आदेश विपरित बिद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले बिद्यालयबाट बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।–(दुई लाख छयत्तर हजार छ सय नब्बे रुपैयाँ) असुल गरिसकेको अवस्थामा सो रकम र सम्बन्धित कागजातहरु बुधबार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।
साथै नेपाल सरकारले नि:शुल्क घोषणा गरेका अन्य सामुदायिक बिद्यालयहरुले समेत बिना रसिद बिभिन्न नाममा बिभिन्न कक्षाहरुमा शुल्क असुल गरेको भन्ने उजुरी उपर आयोगका कार्यालयहरु समेतबाट छानबिन भइरहेको प्रवक्ता भण्डारीले बताए।