साउन ३१ काठमाडौं – काठमाडौ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत एक प्लम्वर घुस सहित पक्राउ परेका छन।
उक्त शाखामा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलाललाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले जनाएको छ।
खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले खुलाललाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा रकमसहित उनकै कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिएको आयाेगका प्रवक्ता श्याम प्रशाद भण्डारीले बताए।