साउन ३० कास्की – श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा -२४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ ।

आगामी भाद्र ४  गते शनिबार  श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीले जनाएको छ ।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभिन्न सांस्कृतिक झाकी बाजा गाजा सहित जात्रा गरिने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए।

विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठी बताउँछन्। भजन चुटका तथा विभिन्न झाँकी सहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आह्वा गरेको छ । । सहभागी उत्कृष्ठ समुहहरुलाई पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार