साउन २८ रुकुम (पुर्व) – शनिबार बिहान जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) काे भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा राेल्पा घर भइ जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) मा कार्यरत प्रहरी जवान लक्ष्मण पुन रहेका छन। उनि राेल्पा परिवर्तन गाउँपालिका -२ राङसीका रहेकाे खुलेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जनसहारासंग बताए।

पुथाउत्तरगंगा गाउँपालिका–११ स्थित तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको प्रहरी भ्यान शनिबार बिहान ११ बजे दुर्घटनामा परेको हाे। दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) का प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ, प्रहरी जवान सन्तोष बुढा मगर, इन्द्र घर्ती र भ्यान चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी घाइते भएका थिए।

अहिले घाइते ५ जनाकै अवस्था खतरा मुक्त रहेकाे
जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) का प्रवक्ता प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए। अनुगमन तथा नियमित कामको शिलशिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार सहितको टोली तकसेरा जादा दुर्घटना भई गाडी करिब १०० मिटर तल खसेकाे र दुर्घटनाको कारण भने ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक खत्रीले बताए।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार