साउन २८ रुकुम(पुर्व) – पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा बेवारिसे अवस्थामा बन्दुक फेला पर्ने गरेका छन।

शनिबार बेलुका राती भुमे गाउँपालिमा -७ डाग्रीबाङ्को जङ्गलबाट एकै ठाउँमा ४ थान बेवारिसे भरुवा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व)ले जनाएको छ।

यस सङगै रुकुम (पुर्व) बितेको ३ महिनाको अवधिमा जम्मा २४ नाल भरुवा बन्दुक बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व)का प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनसहारालाई बताए।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार