साउन २२ स्याङ्जा – ६ महिनाकाे छाेरीकाे हत्या गरि परपुरुष संग फरार रहेकि महिला सहित एक पुरुष पक्राउ परेका छन।
पक्राउ पर्नेमा गल्याङ नगरपालिका -२ ईलुङ्गाका मिन बहादुर रानाको २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका -१० का २२ वर्षीय केदार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यही साउन १० गते छाेरी सहित लक्ष्मी सम्पर्क बिहिन भएपछि प्रहरी र स्थानीयले खाेजि गर्दा उनी कुमालसंग भागेकाे खुलेपछि प्रहरीले दुवै जनालाई साउन २० गते गल्याङ बजारबाट दिउँसो १ बजेतिर पक्राउ गरि अनुसन्धान गर्दा लक्ष्मीले १० गते राति १२ बजेतिर घरकै चर्पीको खाल्डाेमा ६ महिनाको छोरीलाई फालेर कुमालसंग गएकाे खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ खनालले बताए।
उक्त चर्पीको खाल्डाेमा प्रहरीले खाेजतलास गर्दा बच्चाको शव सडेगलेको अवस्थामा फेला परेको र दुवै जनालाई ज्यान सम्बन्धि कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खनालले बताए।