साउन १३ काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार दाङका प्रतिवादी कीर्तिपुरबाट पक्राउ परेका छन।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-९ घर भई हाल कीर्तिपुर नगरपालिका-१० नयाँबजार बस्ने २२ वर्षीय सागर गुप्तालाई बिहीबार पक्राउ गरिएकाे नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ।

उच्च अदालत पाटनको २०७७ असोज ८ गतेको फैसलाले उक्त मुद्दामा ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका-१० नयाँबजारबाट पक्राउ गरेको जनाएको छ।

गुप्ताले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ग्लोबल आईएमई बैंक लिमिटेड कीर्तिपुर शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्युरोले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार