साउन १३ अर्घाखाँची – लागु औषध सहित सेवन गरिरहेका ३ जना रंगेहात पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का २८ वर्षिय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुमबहादुर केसी र २२ वर्षिय रोशन श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
शितगंगा नगरपालिका वडा नम्बर–८, सातमारा स्थित सुपादेउराली मन्दिरमा बसेर लागु औषध सेवन गरिरहेका उनीहरुको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ ६० मिली ग्राम, लागू औषध सेवन गर्दा प्रयोग गरिने ब्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी उपरीक्षक अर्जुन पौडेलले बताए।
मन्दिर परिसरमा लागू औषध सेवन गरी होहल्ला गरेपछी स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय ठाडा र अस्थायी प्रहरीचौकी सातमाराबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषध सेवन गरी रहेको अवस्थामा रंगेहात पक्राउ गरेको र पक्राउ परेका तीनै जनालाई लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।