साउन ९ सल्यान – बागचौर नगरपालिका-२ थारमारे बजारस्थित ईन्द्रेणी होटेलमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा होटलका संचालक बागचौर नगरपालिका-३ बस्ने ४१ वर्षीय खुम बहादुर ओली, बागचौर नगरपालिका -१ बस्ने ३४ वर्षिय शालिकराम बस्नेत, बागचौर नगरपालिका – ८ बस्ने ४५ वर्षिय विवेक चन्द, बागचौर नगरपालिका -३ बस्ने ४१ वर्षिय खुम बहादुर वली, बागचौर नगरपालिका -२ बस्ने ३० वर्षिय राहुल केसी, बागचौर नगरपालिका -२ बस्ने ३४ वर्षिय विवेक डिसी र बागचौर नगरपालिका -२ बस्ने २५ वर्षिय लालमणी केसी आइतबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय थारमारेबाट कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीको कमान्डमा खटिएको ८ जनाकाे प्रहरी टाेलीले उनीहरूलाई नगद ३७ हजार २ सय रूपैयाँ, मोबाइल ८ थान र ५ गड्डी तास सहित फेला पारी पक्राउ प्रहरी निरीक्षक शाहीले जनसहारा संग बताए।
उनिहरु माथि जिल्ला प्रशासन सल्यानबाट सात दिनकाे म्याद थप अनुमति लिई ईलाका प्रहरी कार्यालय थारमारेले नै अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक शाहीले बताए।