असार २४ राेल्पा – गंगादेव गाउँपालिका इन्जिनियर नविन डाँगी ५० घुस रकम सहित पक्राउ परेका छन् ।
इन्जिनियर डाँगीले सेवाग्राहीसँग नगद ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित सोहि गाउँपालिका-२ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको उनकै निवासबाट शुक्रबार नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।
मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले इन्जिनियर डाँगीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए।