असार २४, रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिकामा UK एडको आर्थिक सहयोग, practical action र डिकोस नेपालको साझेदारीमा संचालित समुन्नति परियोजनाद्वारा दुई वटा स्थानिय तहमा समावेशी बजार प्रणाली विकास कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा बजार प्रणाली यसका अङ्गहरुको विषयमा वृहत् छलफल गरिएको थियो ।
परियोजना अधिकृत लक्ष्मण गुप्ताले उत्पादित कृषि उपजलाई बजारसम्म कसरी लैजाने साथै आयआर्जन वृद्धिमा प्रोत्साहितका लागि के गर्ने र बजार व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका कसरी खेल्ने सम्बन्धमा ध्यान पुर्याउन सरोकारवालाहरुलाई आग्रह गरेका छन ।
कार्यक्रमबाट गाउँपालिका अध्यक्ष ऋषिकेशब बुढा मगरको संयोजकत्वमा ८ सदस्यीय कृषी तथा पशु बजार व्यवस्थापन समन्वय समिती गठन गरिएको छ । जसअन्तर्गत कृषि, पशु शाखा प्रमुख, सहकारी प्रतिनिधि, उद्योग वाणिज्य संघ प्रतिनिधि, महिला व्यावसायिक कृषक, पुरुष व्यावसायिक कृषक रहेको र आगामी दिनमा बजार व्यवस्थापन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने योजना बनाएको गुप्ताले बताए ।
थबाङ गाउँपालिका २ का वडाअध्यक्ष अभिलाषा रोका मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशब बुढा मगर, बिशिस्ट अतिथि Practical Action परियोजना अधिकृत दीपेन्द्र भुजेल रहेका थिए । त्यस्तै कार्यक्रममा अतिथिहरुमा सहजकर्ता सरद अधिकारी, परियोजना अधिकृत लक्ष्मण गुप्ता, जे.सी अधिकृत सुनिता घर्ती मगर लगायत जनप्रतिनिधिहरु, विभिन्न शाखाका शाखा प्रमुख, व्यापारी, किसान, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार