असार १५ काठमाडौ – दैनिक व्यस्त हुने गौशाला चाेक झन बुधबार असार १५ अर्थात धान दिवस रौनक बिहानै देखि सडकमा सवारीसाधनकाे तछाडमछाड नै थियाे।

त्यहि समयमा गौशाला चाेकमा ट्राफिक जाम लाग्छ र त्यहीँ जामकाे एकै दिशा तिर गइरहेका माेटरसाइकल एकै ठाउँमा दायाँबायाँ भएर भेटिन्छन्। दुवै चालकले एक अर्काको नम्बर प्लेट हेराहेर गर्छन त्याे तस्बिर अहिले सामाजिक संजालमा व्यापक छ।

मोटरसाइकलमा बागमती प्रदेश-०२-०२२ प २३८० नम्बरको प्लेट छ तर दुईवटा माेटरसाइकलमा एउटै नम्बर छ। त्यहीँबाट तस्बिरकाे आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुसन्धान सुरु गरि एक जना माेटरसाइकल सहित पक्राउ परेकाे जनाएको छ। तर उनकाे पूरा कागज प्रमाण रहेकाे जनाएको छ।

दुवै माेटरसाइकललाई खाेज्न लागि परेकाे प्रहरीले सिसिटिभि फुटेज पनि चेक गरेकाे छ भने अहिले सम्पर्कमा नआएको माेटरसाइकलले भक्तपुर प्रवेश गरिसकेको र त्यहाँ प्रहरीले निगरानी गरिरहेकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। तस्बिर : सामाजिक संजालबाट

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार