असार १५ दाङ – एक किशोरीलाई जबर्जस्ती करणी गरेकाे आराेपमा एकजना पक्राउ परेका छन।
पक्राउ पर्नेमा बबई गाउँपालिका -२ बस्ने ३५ वर्षिय बाबुराम थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
थापाले साेहि ठाउँ बस्ने एक १७ वर्षिय किशोरीलाई धारामा पानी भर्न गएकाे बेला जबर्जस्ती करणी गरेकाे उजुरी आएपछि प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरी टाेलीले मंगलबार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।