असार १४ दाङ – मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी ) ले संगठन निर्माणको अभियानलाई जोडका साथ अगाडि बढाएको छ ।
राप्ती गाउँपालिका -२ स्थित ऐरावति आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको भेलाद्वारा सामना पुन मगरको अध्यक्षतामा १५ सदस्य अखिल ( क्रान्तिकारी ) इकाई समिति गठन गरेको छ । जसमा उपाध्यक्ष प्रकाश पुन मगर , सचिव प्रकाश जठेश , सहसचिब लक्ष्मी वि. क. कोषाध्यक्ष पुष्पाञ्जली गुप्ता सदस्य सदस्यहरुमा करिष्मा कंवर , मनिषा खड्का , मनिषा थापा , मनिषा सुवेदी , देविसरा एम. सी , बबिता एम. सी निर्मला कुँवर , समिक्षा पोख्रेल , अनिता पुन मगर , सृजना एम. सी , नारायणी कुमाल , बेलीसरा रखाल मगर, विपना गाहा मगर , संगिता भैसा मगर रहेका छन।
साथै उक्त क्रार्यक्रम नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी रुकुम जिल्ला सदस्य लक्ष्मी विक नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)बाट नेकपा ( क्रान्तिकारी माओबादी) मा प्रवेश गरेकि छन
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) मुल इकाई सदस्य केशव खनाल र अखिल (क्रान्तिकारी )का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष मनोज थापाको उपस्थित रहेको थियोे ।उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय थापाले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी तथा एस पि पि खारेजी, शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुमा गरिएको महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहेकाे चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने भन्दै विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगायत तमाम बेथितिका विरुद्द संघर्ष गर्ने बताए।
नव निर्वाचित अध्यक्ष सामना पुन मगरले मेरो मान्छे मेरो पार्टी भन्दा पनि राम्रोलाई जोडदिनु पर्छ म होइन हाम्रो भन्न जानूपर्छ र सबै विकृति विसंगति विरुद्ध सबै विद्यार्थीहरु हातेमालो गरेर अगाडि बढनुपर्ने बताइन