असार १४ जाजरकोट – चोरी मुद्दामा फरार रहेका एकजना प्रतिवादी पक्राउ परेका छन।

चोरी सम्वन्धी कसूर मुद्दामा जाजरकोट जिल्ला अदालत जाजरकोटबाट २०७८।०९।१८ गतेको फैसला आदेशले रु.१५,०००।- जरिवाना फैसला भएपछि फरार रहेका जाजरकोट भेरी नगरपालिका वडा नं.०१ कालेगाउँ बस्ने ३४ वर्षिय बिरेन्द्र बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले मंगलबार फेला पारी रितपूर्वक पक्राउ गरेर आवश्यक कारवाहीको लागि जाजरकोट जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार