कात्तिक १६ कैलाली — जिल्लाकाे जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको दिन अष्टमीकै दिन दुई बालिका सामुहिक बलात्कारमा १३ र १४ वर्षकी दुुई बालिका परेकाेे घटना सार्वजनिक भएकाे छ ।
कात्तिक ८ गते अष्टमीका दिन अर्काे गाउँमा रमाइलोका लागि स्थानीयले गरेकाे नाच हेर्न गएका ति बालिकाहरू घर फर्कने क्रममा साझ करिब ९ बजेतिर सामूहिक बलात्कारमा परेकाे बताइएको छ। ती बालिकाहरु नाच भएकाे स्थानबाट घर फर्किनकाे लागि चार वटी संगै घरतिर हिडिन केही पर पुगेपछि बालिकाहरुलाई नौ जनाकाे समुहमा आएका युवाले घेरा हाले। चिने जानेकाे भन्दै दुईवटी बालिकालाई बन्धक बनाए भने दुईवटीलाई नजिकै खेतमा रहेकाे धान झारेकाे परालकाे थुप्रोमा लिएर पालैपालो बलात्कार गरे। नजिकै आफनै साथि चिच्याउन थालेपछि बन्धक पारिएकि एक बालिकाले आफनाे घरमा म्याेसेज मार्फत आफुहरुकाे अवस्था बारे जानकारी गराइन त्यस लगतै चार बालिकाकाे परिवारले वडा अध्यक्षलाई जानकारी गराए।
त्यसपछि तत्कालै वडाअध्यक्षले प्रहरीलाई खबर गरे तर प्रहरी आउन केही समय लाग्ने भएकाले वडाअध्यक्ष सहित बालिकाहरुकाे परिवार र स्थानीय बासी घटना स्थल पुगे। ती युवा भने फरार भइसकेका रहेछन। वडाध्यक्षसहितको टोलीले घटनास्थलबाट उनीहरूको उद्धार गर्यो ।
घटनामा संलग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ भने एक जना फरार छन। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेका अनुसार पक्राउ पर्नेमा जानकी गाउँपालिका–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् । भने १८ वर्षीय चन्द्र शाही फरार रहेकाा छन। पक्राउ परेका ८ जनाले अपराध स्विकार गरिसकेका छन र आज आइतबार अदालतबाट म्याद थप गरि थप अनुसन्धान अघि बढाइने उपरीक्षक घिमिरेले बताए।
सामूहिक बलात्कारमा परेका ति बालिकाहरुलाई उपचार पछि अहिले अस्पतालकाे निगरानी हुने गरि घरमा ल्याइएको पारिवारिक स्राेतले जनाएको छ। दुवै बालिकाको मानसिक अवस्था सामान्य भन्दा केही गुमिसकेकाे बताइएकाे छ।