असार १३ सल्यान – विषाक्त पदार्थ सेवन गर्दा सल्यानमा एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शारदा नगरपालिका -९ मेलटाकुराकि पार्वती बाेहाेराकि ३ वर्षिय छाेरी बिमला बाेहाेरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
ती बालिका उनका काकाकाे छाेरा खेल्ने क्रममा आइतबार दिउँसो करिब ३ बजेतिर बुवा आमा खेतमा काम गर्न गएको बेलामा मकैमा प्रयाेग गर्ने किटनाशक विषादी सेवन गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।
विषाक्त पदार्थ सेवन पछि अचेत भएकि बिमलालाई आमा पार्वतीले जिल्ला अस्पताल खलंगा लिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।