असार १२ जाजरकोट – आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन।

पक्राउ पर्नेमा नलगाड न.पा.-०१ जालेगाँउ बस्ने लेक बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

नेपालीले गत ८ गते अपरान्ह ४ बजेतिर उनकाे श्रीमती भगवती कुमारी शाहीलाई आफ्नै घर देखी अन्दाजी ५०-६० मिटर टाढा रहेको जाले भिरबाट खसालेर हत्या गरेकाे खुल्न आएपछि पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

मुतक शाहीको शव सडिगली दुर्गन्धित अवस्थामा फेला परेको जानकारी प्रहरीले पाएपछि भन्ने इलाका प्रहरी कार्यालय दल्लीबाट खटिईएको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान पश्चात श्रीमान नेपालीले कुटपिट गर्दै लखेट्दै भिरबाट खसाली हत्या खसालेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप कारबाहीका लागि जिल्ला अदालत जाजरकोटबाट सात दिनकाे म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार