असार ११ सल्यान – १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा -१ मा स्थित भानुभक्त माद्यामिक बिद्यालय दमाचौरको खेलमैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगिता आइतबार सम्म सञ्चालन हुने उक्त प्रतियोगिताकाे जिल्ला खेलकुद विकास समिती सल्यानले आयोजना गरेकाे छ।

उक्त प्रतियोगितामा भलिबल महिला पुरुष, कबड्डी महिला पुरुष,कराँते महिला पुरुष र एथलेटिक्स महिला पुरुष प्रतियोगिता संचालन जिल्ला खेलकुद विकास समिति सल्यानले जनाएको छ।

शुक्रबार समितिका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा सुरु भएकाे खेलकुद कार्यक्रम छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको उद्धघाटन गरेका हुन।

कार्यक्रममा कर्णाली प्रदेश खेलकूद विकास परिषद सदस्य भुमा बुढाथोकी, भानुभक्त माद्यामिक बिद्यालय दमाचौरका प्रधानाध्यापक खुमानन्द केसी, जिल्ला खेलकूद विकास समिती सल्यानका पुर्वअध्यक्ष विजय सिंह लगाएतकाे उपस्थिति रहेको थियाे।

खेलकूद विकास समिती सल्यानका सदस्य सचिव तुफान वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख शिवराज अधिकारीले गरेका थिए।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार