असार २ राेल्पा – एक नाबालिक माथि जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक जनप्रतिनिधि पक्राउ परेका छन।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका -६ का ३५ वर्षिय मोहन केसी रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट त्रिवेणी गाउँपालिका -६ काे वडा सदस्यमा निर्वाचित केसीले साेमबार दिउँसो करिब १२ बजे माडी गाउँपालिका -१ की एक १४ वर्षिय नाबालिकलाई ललाई फकाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेकाे जानकारीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

घटनाको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरी टाेलीले सोमबार बेलुका नै पक्राउ गरि इप्रका घर्तीगाउँमा प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा ७ दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक जिसीले बताए।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार