जेठ ३१ सल्यान –  गत २५ गते सल्यानमा एक युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएका चार जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा शारदा नगरपालिका –२ का १९ वर्षीय रुपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १९ वर्षीय युवराज बुढाथोकी, शारदा नगरपालिका –१ पटनेरीका १७ वर्षीय एक किशाेर र सुर्खेत गुर्भाकोट नगरपालिका –९ का १९ वर्षीय सागर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

फरार ४ जनाकाे खोजी कार्य गरिरहेको प्रहरीले युवराजलाई साेहि दिन साझ शारदा नगरपालिका -२ स्थित जंगलमा लुकिछिपि बसेकाे अवस्थामा, सागर र १७ वर्षिय किशाेरलाई गत २८ गते कपुरकाेट बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

उनिहरु माथि जिल्ला अदालत सल्यानबाट म्याद थपगरि जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

शारदा नगरपालिका –२ खलंगा स्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका –२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि चार जनाकाे समूहले धारिलो हतियार प्रहार गरि उक्त समूह फरार रहेकाे थियाे।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार