जेठ ३० स्याङ्जा – लागुऔषध सहित एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका -१ हरिचोक बस्ने २४ वर्षिय रोशन बराईली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
बराइलीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले स्याङजा पुतलीबजार नगरपालिकावडा -१० स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा सुनौलीबाट पोखरा तर्फ आउँदै गरेको बा.४ ख. १४२१ नम्बरको हाईसमा सवार रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नायव उपरीक्षक रवीन्द्र खनालले बताए।
उनकाे साथबाट PHENERGAN ३५ एम्पुल, NOOPHIN ३५ एम्पुल र Diazepam ३४ एम्पुल समेत गरी जम्मा १०४ एम्पुल फेला पारेकाे र थप कारबाहीको लागि लिई मिति साेमबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक खनालले बताए।