जेठ २३ रोल्पा – जिल्ला समन्वय समिति रोल्पाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

जस अनुसार जेठ २९ गते जिल्ला समन्वय समितिकाे लागि मतदान हुने भएको छ। मुख्य निर्वाचन अधिकृतकाे कार्यालय रोल्पाले जिल्ला समन्वय समितिकाे निर्वाचन तयारी अन्तर्गत कार्यतालिका सार्वजनिक गरेकाे जनाएको छ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेकाे कार्य तालिका अनुसार जेठ २४ गते मतदाता नावावली प्रकाशन गर्ने, २५ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशन, मतदाताको विरोधमा उजुरी दिने, २६ गते अन्तिम मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ, अन्तिम मतदाता नामावली प्रकाशन, २७ गते उम्मेदवारकाे मनाेनयनपत्र दर्ता, मननोयनपत्र दर्ता भएका उम्मेदवारकाे सुची मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाचँ र उजुरी उपर निणर्य गर्ने, उम्मेदवारकाे नामावली प्रकाशन, २८ उम्मेदवारी नाम फिर्ता, उम्मेदवार अन्तिम नामावली प्रकाशन, उम्मेदवार निर्वाचन चिन्ह प्रदान गर्ने र २९ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ।

यी सम्पूर्ण काम सहित मतदान समेत मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमै ताेकिएकाे मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले जनसहारा संग बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार