जेठ २१ जाजरकोट – एक सामुदायिक विद्यालयमा ताेडफाेड भएको छ।

नलगाड नगरपालिका -५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभूत विद्यालयमा गत १८ गते राति ताेडफाेड भएको हाे। ताेडफाेडमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

पक्राउ पर्नेमा नलगाड नगरपालिका -५ रघुनाथ बस्ने २० वर्षिय जनक ओली र साेहि ठाउँका २१ वर्षिय बिनोद खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमाण्डमा खटिएको प्रहरी टाेलिले उनिहरुकै घरमा लुकिछिपि बसेको अबस्थामा फेला पारी पक्राउ गरि उनिहरु विरुद्ध जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको समेत प्रहरी निरीक्षक पन्तले बताए।

उता विद्यालय स्राेतका अनुसार ताेडफाेडबाट विद्यालयकाे करिब ८ देखि १० लाख बराबरको क्षति भएको विद्यालयका शिक्षक मदन रावलले बताए। उनिहरुले विद्यालय कार्यालयकाे ढोका फोडी कोठाभित्र रहेका कम्प्युटर,कुर्चि,टेबुल लगायतका समानहरु तोडफोड गरि क्षति पुर्‍याएका छन।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार