जेठ १५ जाजरकोट – घरेलु अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ।

नलगाड नगरपालिका वडा नं. ७ पामखेत, साेहि नगरपालिका -८ बगारा गाउँ र भेरी नगरपालिका वडा नं. ३ स्याला गाँउमा अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण भईरहेको विशेष सुचनाको आधारमा उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दल्ली र अस्थाई प्रहरी पोष्ट स्याला जाजरकोटबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ करिब २०० लि., प्लास्टिक ड्रम ४ थान र रक्सी पार्ने भाँडा थान १ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी स्थानिय जनप्रतिनिधि, समाजसेवी तथा बुद्धिजिविहरुको रोहवरमा बरामद गरि नष्ट गरिएको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार