जेठ १४ राेल्पा – स्थानीय तह निर्वाचन सम्पन्न भइ नयाँ जनप्रतिनिधिले हाेडबाजीकै रुपमा नयाँ नयाँ सुरुवाती निर्णय गरिरहेका बेला राेल्पाकाे गंगादेव गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भने यतिबेला विवादमा तानिएका छन।

हुन त गंगादेवका लागि गाउँपालिका अध्यक्ष अनेक प्रसंगबाट विवादमा र चर्चामा आउनु नौलाे भने हैन। विगतमा निवर्तमान गाउँपालिका अध्यक्ष वीर बहादु खत्री पनि अनेक प्रसंगमा विवादमा र चर्चामा तानिरहे अहिलेका नवनिर्वाचित अध्यक्ष हरि बहादुर पुन पनि पदभार ग्रहण गरे लगत्तै नै उनकाे कुनै एक राम्रो पहिलाे निर्णय नै सार्वजनिक नगर्दै विवादमा तानिएपछि सबैकाे चासाेकाे विषय बनेकाे हाे।

नवनिर्वाचित अध्यक्ष पुन विवादमा पर्नुकाे कारण हाे उनकाे दुई शब्दको मात्रै अभिव्यक्ति जसले गर्दा अहिले सामाजिक संजाल मार्फत उनकाे त्यहि अभिव्यक्तिलाई लिएर सामाजिक संजाल प्रयाेगकर्ताले आलोचना गरिरहेका छन।

दुई दिन अघि जिल्ला सदरमुकाम स्थिति स्थानीय सामुदायिक रेडियो मालश्रीमा बहसमुलक कार्यक्रम `मालश्री संवाद´ बाट अध्यक्ष पुनले दिएकाे अभिव्यक्ति प्रति चौतर्फी आलोचना सुरु भएको हाे। उक्त संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले गाउँपालिकाकाे नाम गंगादेवबाट पुनः सुकिदहमै फर्काउने प्रसंगमा उनले दिएकाे अभिव्यक्ति प्रति धेरैले आपत्ति जनाएका हुन।

उनकाे विवादास्पद अभिव्यक्ति हाे `सहिदहरु भुत प्रेत हुन,मसान हुन´ यहि अभिव्यक्तिले गर्दा नै उनकाे नाममा धेरैले सामाजिक संजाल तताइरहेका छन। अध्यक्षकाे उम्मेदवार हुदा बेला नै पुनले आफू विजयी भएपछि गाउँपालिकाकाे नाम गंगादेव नभएर सुकिदह नै कायम गर्ने मुख्य एजेन्डा नै बनाएका थिए। अहिले मतपरिणाम अनुसार अध्यक्षमा पुन नै विजयी भए। त्यसपछि उनकाे एजेन्डा माथि सबैकाे चासाे रह्याे र त्यहि आधारमा उक्त संवाद कार्यक्रममा पनि पत्रकार गणेश केसीले अध्यक्ष पुनलाई अब गाउँपालिकाकाे नाम परिवर्तन गर्नुहुन्छ ? भनेर प्रश्न गर्छन। अध्यक्ष पुनले भन्छन `हाे निश्चित रुपमा गर्छौ,र कार्यपालिकाबाट निर्णय गरेरै त्याे काम गर्छौ, मलाई त्यहाँका जनताले यहि आशामा पनि बहुमत दिएका हुन।´

अनि यतिकैमा पत्रकार केसीले साेध्छन अनि गाउँपालिका केन्द्र पनि सार्नु हुन्छ ? यसकाे जवाफमा भने अध्यक्ष पुन पछि हटदै भन्छन्;`त्याे कानुनी प्रक्रिया लगाएत सबै वडाबासीकाे सराेकारकाे विषय भएकाले वडाहरुसंग छलफल गर्नुपर्ने र अन्य धेरै अलि चुनौतीपूर्ण कुरा भएकाले अलि साेच्नुपर्छ।´ उनी थप्छन् मैले नाम परिवर्तन गर्ने एजेन्डा लिएकै हाे तर केन्द्र नै परिवर्तन गर्ने भनेर बाहिर प्रचार गरियाे तर मैले केन्द्र परिवर्तन गर्ने भनिन्।´

सुकिदह नै नाम हुनुपर्नेमा अध्यक्ष पुनले स्पष्टीकरण समेत दिएका छन। साविकका चार वटै गाविसहरु जिनाबाङ, पाखापानी, राँक र ओेतमा सुकिदह भन्ने ठाउँ छन त्यसकाे आधारमा संघीय संरचना खाका तयार गर्दा पनि आफुले त्यहि नाममा पहल गरेकाे र सर्वदलीय सर्वपक्षीय बैठकले पनि त्यहि अनुमाेदन गरिदिएकाे बताउँछन्।

त्यसपछि २०७४ काे स्थानीय तह चुनावी प्रक्रियाबाट आफुले हारेपछि निर्वाचित भएकाले अध्यक्ष वीर बहादुर खत्रीले आफ्नाे श्रीमती र सालाकाे नाममा गाउँपालिकाकाे नाम नामाकरण गरेकाे आराेप लगाउदै भन्छन्; मैले याे चुनाव अघि भनेकाे थिए, गंगादेव गाउँपालिका भन्ने मसान हाे, मसानलाई ताेप्नुपर्छ जनता ३० गते मतपेटिकामा राम्रोसँग ताेप्नुहाेला भनेकाे थिए´ यतिकैमा पत्रकार केसीले बिचमै प्रश्नले बाटदै साेध्छन: तर उहाँले त सहिद भन्नुहुन्छ त ? अध्यक्ष पुनकाे जवाफ आउँछ `सहिद त १७ हजार छन,उहाँ मात्रै त हैन हाेला´, फेरि पत्रकार केसीले अल्झाउछन- धेरै पालिकाकाे नाम सहिद बाटै छ ? त्यसमा अध्यक्ष पुन भन्छन; `खै त्याे उहाँको पार्टीकोले जान्ने हाे।´ फेरि पत्रकार केसीले प्रश्न थप्छन – तर सहिद त हाे नि उहाँहरु पनि ? अध्यक्ष पुनकाे अलि अन्याेलपुर्ण जवाफ आउँछ; `खै सहिद हाेलान´ यतिकैमा फेरि पत्रकार केसीले प्रश्न गर्छन- तर हजुरले मसान भन्नुभाे ? अध्यक्ष पुन दम्भका साथ भन्छन्; हामी त मसान नै भन्छौ।´ भन्दै निर्वाचन अध्यक्ष खत्रीकाे नामलाई लिएर समेत उनी स्वयम् आफै भुतप्रेत भएकाे दावी गरे।

अध्यक्ष पुन भन्छन्; `उहाँ त भिउदे हाे नि त! वीर बहादुर त स्वर्गमा हुनुहुन्छ र उहाँले स्विकार्नु पनि भा काे छ।´ त्यसपछि उनी गृह प्रशासन प्रति घाेर आपत्ति रहेकाे बताउछन्।

२०७४ सालकाे स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अध्यक्ष पुन पराजित भएका थिए भने माओवादी केन्द्रबाट खत्री निर्वाचित भएका थिए। त्यसपछि खत्रीले दुईवटा नागरिकता लिएको भन्दै अहिले निर्वाचित अध्यक्ष पुनले मुद्दा दायर गरेका थिए। त्यसपछि खत्रीकाेे नागरिकता राष्ट्रिय प्रयाेगशालाले पनि फरकफरक नाममा दुईवटा रहेकाे प्रमाणित गरि जिल्ला प्रशासनलाई पत्राचार गरेकाे र साेहि पत्राचार अनुसार जिल्ला प्रशासनले फाइलिङ गरेर गृह मन्त्रालयमा पठाएको र त्यसपछि गृहमै फाइल थन्किरहेकाे यसअघि नै जिल्ला प्रशासनले बताइसकेकाे छ।

अध्यक्ष पुनकाे विवादास्पद अभिव्यक्ति अडियाे  रेकर्ड https://fb.watch/di67vmV-BP/

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार