जेठ १३ काठमाडौ – विभिन्न धाक-धम्की दिदै माेटाे रकम माग एक युवती सहित सात जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

योजनावद्ध तरिकाले पिडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटेर समेत विभिन्न डर धम्की तथा त्रास देखाएर ७ करोड माग गरेको सूचनाको आधारमा उक्त गिराेहलाई पक्राउ गरिएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा उदयपुर घरभई हाल काठमाडौ गोठाटार बस्ने २१ वर्षिय सुजन आचार्य, सान्नित्रिवेणी–८ कालिकोट घरभई हाल काठमाडौ बुढानिलकण्ठ बस्ने २९ वर्षिय टेक वि.क., खप्तडछान्ना–७, बझाङ घरभई हाल काठमाडौ कोटेश्वर बस्ने २९ वर्षिय धर्मराज थापा,तेमाल-२ काभ्रेपलाञ्चोक घरभई हाल काठमाडौ कांडाघारी बस्ने ३३ वर्षिय उमेश भण्डारी, गुल्मी धुरकोट-२ घरभई हाल काठमाडौ रातोपुल बस्ने २९ वर्षिय बसन्ता खनाल, भरतपुर-११ चितवन घरभई हाल काठमाडौ सिनामंगल बस्ने ३२ वर्षिय सुरज शर्मा र काठमाडौ महानगरपालिका -९ घरभई हाल सिनामंगल बस्ने ३३ वर्षिय श्रवण कार्की रहेका छन।

उक्त गिराेहले रकम माग गरेकाे भन्ने जानकारी पछि अनुसन्धान सुरु गरेकाे प्रहरीकाे विशेष अनुसन्धान टोलीले बुधबार काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र अनुसन्धान जारी रहेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार