जेठ १३ काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा परेकि छन
ललितपुर जावलाखेलस्थित स्टाफ कलेज अगाडि मेयर दाहाल सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हाे।
घाइते भएकि मेयर दाहालकाे सुमेरु अस्पतालमा उपचार भइरहेकाे छ। टाउकोमा चोट लागेको तर अवस्था भने खतरा मुक्त रहेकाे बताइएको छ। उनकि बहिनी गंगा दाहालले टाउकोमा सामान्य चोट लागेको र सिटि स्क्यान रिपोर्टमा बाहिरी छालामा मात्रै चाेट देखिएकाले अब डाक्टरको सल्लाह अनुसार डिस्चार्जको गर्ने तयारी रहेकाे बताएकि छन।