जेठ १३ काठमाडौ – सामाजिक संजाल मार्फत युवतीकाे चरित्र हत्या गर्न खाेज्ने एक जना प्रहरी सहित दुईजना पक्राउ परेका छन।

पक्राउ पर्नेमा प्रहरी चौकी बट्टेश्वर धनुषा दरबन्दी भएका नेपाल प्रहरीका जवान रौतहट दुर्गा भवानीपुर गाउँपालिका -४ का कृष्ण कुमार यादव रहेका छन। प्रहरी जवान यादवले युवतीलाई सामाजिक संजालबाट भिडियो कल, म्यासेज गर्दै ती युवतीलाई प्रलोभनमा पारेर खिचेका समाजमा अपाच्य हुने अन्तरंग तस्वीर अर्थात अश्लील तस्बिरहरु ह्वाटसप, फेसबुक लगाएतका सामाजिक संजालमा सार्वजनिक गरि अनेक धम्की दिने गरेकाे अभियाेगमा पक्राउ गरिएकाे नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्युराेले जनाएको छ।

त्यसैगरि अर्कै नक्कली नामबाट फेसबुक खाेलि पिडित युवतीका अश्लील फाेटाेहरु आफ्नत र साथिहरुलाई पठाई चरित्र हत्या गरेकाे अभियाेगमा माेरङ विराटनगर उपमहानगरपालिका -१७ घर भई सुनसरीको धरान उपमहानगरपालिका -३ मा बस्दै आएका ३१ वर्षिय माेहम्मद सद्दाम भनिने माेहम्मद कासिमलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

उनिहरु दुवै विरुद्ध विद्युतिय काराेबार ऐन,२०६३ अन्तर्गत कसुर बमाेजिम जिल्ला अदालत काठमाडौबाट ५ दिनकाे म्याद थप गरि अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार