जेठ १२ काठमाडौ – शिक्षणकाे लागि छात्रावृति काेटामा भर्ना गरिदिने प्रलोभनमा पारि ठगी गरेकाे आराेपमा एकजना पक्राउ परेका छन।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र बहादुर बिकलाई बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत एमबिबिएस/ एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि चिनाउने बिकले छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरिआवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार