जेठ १० जाजरकोट – राष्ट्रिय अनुसन्धानको प्रहरी हुँ भन्दै कुटपिट गरेकाे आराेपमा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका -३ का २१ वर्षिय विरेन्द्र विक, साेहि ठाउँका २४ वर्षिय प्रकाश वली र २५ वर्षिय विवश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
उनिहरुले भेरी नगरपालिका -३ स्याला स्थित कालेगाउँ देखी रिसाङ जाँदै गर्दा कच्ची सडक बाटोमा साेमबार बेलुका करिब ९ बजेतिर रुकुम (पश्चिम) चौरजहारी नगरपालिका -८ बस्ने रमेश केसीलाई मोटर साइकल सहित रोकेर `हामी राष्ट्रिय अनुसन्धानको सिभिल प्रहरी हो तेरो मोटरसाइकलको कागजात देखा´ भन्दै बिभिन्न किसिमका गाली गलौज सहित पिडितको शरिर खानतालसी र कुटपिट गरी मोटरसाइकलमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।
उक्त घटनाकाे जानकारी पाउनासाथ अस्थाई प्रहरी पोष्ट स्याला बाट खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आराेपित तिनैजनालाई उनिहरकै घरबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात अभद्र व्यवहार सम्बन्धि मुद्दामा अदालतबाट सात दिनको म्याद थपगरि अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक पन्तले बताए।