जेठ ९ दाङ – माटोको इट्टामा पहेलाे सुन स्याम्पल लगाई सुन भन्दै ठगी धन्दामा संलग्न दुई महिला सहित ५ जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका -६ खांग्रा नाकाका २६ वर्षिय राजकुमार बुढा, सोहि ठाउँकै २४ वर्षिय प्रकास खड्का, सल्यानको शारदा नगरपालिका -१ की ४९ वर्षिय सावित्रा बुढाथोकी, साेहि जिल्ला कुमाख गाउँपालिका -१ की ३० वर्षिय गिता बुढा र दार्चुलाको व्यास गाउँपालिका -२ का २३ वर्षिय सुरेन्द्र सिंह धामी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त ठगीकाे लागि बार्गेनिङ भइरहेको भन्ने विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सन्दिप बेलवासेकाे कमान्डमा खटिएको प्रहरी टाेली आइबार बेलुका तुलसीपुर उपमहानगरपालिका -६ स्थित एकान्त होटलमा बार्गेनिङ भइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।

उक्त ठगी समुहले साेहि व्यापारकाे लागि पहिला अग्रिम भुक्तानी स्वरुप नगद रकम पनि लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेकाे र उनिहरुबाट हरियो रंगको जेब्रा झाेलामा प्याक गरेकाे अवस्थामा १ इट्टाकाे २ थान टुक्रा, सुनजस्तो देखिने पहेलो धातुको टुक्रा एक थान बरामद गरिएको र उनिहरु माथि अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक रिजालले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार