जेठ ६ बुटवल – बम बिष्फोट गराएकाे आराेपमा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

गत बैशाख २८ गते बेलुका ८ बजेतिर रूपन्देही बुटवल उपमहानगरपालिका वडा नं. -९ मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएकोमा घटनामा संलग्न रहेकाे आराेपमा रूपन्देही बुटवल उपमहानगरपालिका वडा नं. -१३ नयाँ गाउबाट कमरेड नेपाल भनिने सुरेश खनाल, रुपन्देही सैनामैना नगरपालिका वडा नं. -१ बाट राज भनिने फणिन्द्र गरतौला र अशोक भनिने शुक्र कुमार श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ परेका तीन जनाकाे साथबाट नेकपा माओवादीको पर्चा -४० थान,पम्पेलट ३ रोल,कुकर -२ थान,बिजुलिको तार-२,मोटरसाईकल-३ थान पनि बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उनिहरु विरुद्ध बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको पनि प्रहरी उपरीक्षक रेग्मीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार