जेठ ५ जाजरकोट – सामुहिक कुटपिटबाट एक जनाकाे मृत्यु भएको छ भने घटनामा संलग्न फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा जाजरकोट जुनिचाँदे गाउँपालिका -९ ढडगाँउ बस्ने २० वर्षिय जनक बस्नेत, साेहि ठाउँका १८ वर्षिय रबिन बस्नेत, ३२ वर्षिय शिव बस्नेत, २८ वर्षिय प्रेम बहादुर बस्नेत र २६ वर्षिय नरेन्द्र बहादुर बस्नेत रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकाे छ।
गत ३ गते बेलुका समयमा जुनिचाँदे गाउँपालिका.र -९ स्थित ढडगाँउमा भलिबल खेल्ने क्रममा दुई पक्ष बिच झगडा भएपछि घाईते भएका साेहि ठाउँका ३६ वर्षिय रेशम बहादुर खड्का , ३२ वर्षिय विर्ख बहादुर खड्का र ३३ वर्षिय चक्र बहादुर खड्कालाई उपचारको लागि सुर्खेत लैजाने क्रममा साेहि राति १२ बजे घाईतेहरु मध्ये रेशम बहादुरकाे बाटोमै मुत्यु भएको घटना भएपछि घटनाबारे प्रहरीलाई खबर प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।
मृतकका आफ्नतले बुधबार दिउँसो करिब २ बजेतिर ईलाका प्रहरी कार्यालय पंचलादहमा जानकारी गराए पछि उक्त कार्यालयबाट खटिई गएको प्रहरी टोलीले कुटपिटमा संलग्न रहेका पाँच जनालाई बिहीबार आफ्नै गाउँमा
लुकि छिपि रहेको अवस्थामा फेला पारेकाे र अहिले जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक पन्तले बताए।