बैशाख ३० राेल्पा – स्थानीय तह निर्वाचनकाे लागि शुक्रबार भएकाे मतदान राेल्पामा शान्तिपूर्ण रुपमा भएको छ।

जिल्ला निर्वाचन कार्यालयका राेल्पाका अनुसार जिल्लाका १० वटै पालिकामा उत्साहका साथ मतदाताले मतदान गरेकाे बताएको छ। जिल्लामा जम्मा जम्मा ६५.४९ प्रतिशत मत खसेकाे छ। जस अनुसार जिल्लामा सबभन्दा बढी गंगादेव गाउँपालिकामा ७३.३८ प्रतिशत मत खसेकाे छ भने सबैभन्दा कम थबाङ गाउँपालिकामा ५७.७१ प्रतिशत मत खसेकाे जिल्ला निर्वाचन अधिकृत ध्रिता कुमारी केसीले बताइन।

त्यसैगरी राेल्पा नगरपालिका ६६.०१ प्रतिशत त्रिवेणी गाउँपालिका ६५.०२ प्रतिशत, रुन्टीगढी गाउँपालिका ६८.४७ प्रतिशत, सुनिलस्मृति गाउँपालिका ६६.५६ प्रतिशत, सुनछहरी गाउँपालिका ६३.०० प्रतिशत, माडी गाउँपालिका ६२.५० प्रतिशत, परिवर्तन गाउँपालिका ५९.४९ प्रतिशत र लुङग्री गाउँपालिका ६८.५७ प्रतिशत मत खसेकाे छ।

जिल्लामा ७१ हजार ९३४ महिला र ७३ हजार ५१० पुरुष गरेर जम्मा एक लाख ४५ हजार ४४४ मतदाता रहेका मध्ये पुरुष तर्फबाट ४१ हजार १ सय ७१(५६.६९ प्रतिशत) र महिला तर्फबाट ५३ हजार ५ सय ५(७४.२४ प्रतिशत) मत खसेकाे निर्वाचन अधिकारी केसीले बताइन।

स्थानीय तह निर्वाचनको लागि लागि मतदानकाे प्रक्रिया सम्म आउदा गएराति सम्म छिटपुट रुपमा घटनाहरु भएपनि मतदानकाे दिन जिल्ला भरि नै शान्तिपूर्ण रुपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

जनसहारा संग कुरा गर्दै प्रजिअ सापकोटा भन्छन; `मतदान शान्तिपूर्ण रुपमा भएको छ,अरु सबै मत पेटिकाहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भैसकेको छ तर सुनछहरी गाउँपालिका वडा नं. २ र ३ भित्री गाम र बाहिरी गामको मतपेटिका टाढा भएकोले भोलि बिहान सम्म आइपुग्ने छ यस्को सुरक्षा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट भएको छ।´

मत पेटिकाहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका पालिकाहरुमा अहिले सर्वदलीय बैठक बसिरहेकाे छ भने माडी गाउँपालिकाको मतगणना अहिले राती १० बजेदेखि र गंगादेव गाउँपालिकाकाे ११ बजे देखि सुरु गर्ने तयारी भएकाे बताइएको छ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार